Logo

युभेन्टसको लगातार तेस्रो जित, लाजियो पनि विजयी

कैलाश
२०७७ असार १७ , बुधबार ०८:०७ मा प्रकाशित

एजेन्सी । इटालियन सिरी ‘ए’मा साविकको विजेता युभेन्टसले लगातार तेस्रो जित निकालेको छ । २९ औ चरणको खेलमा गएराती जेनोआलाई ३–१ ले हराउदै युभेन्टसले शीर्ष स्थानमा ४ अंकको अग्रता यथावत राखेको हो । गएरातीनै दोस्रो स्थानको लाजियोले टोरिनोलाई २–१ ले स्तब्ध पार्यो ।
जेनोआको घरेलु मैदानमा भएको खेलमा युभेन्टसलाई जिताउन पाउलो डेबाला, क्रिस्टियानो रोनाल्डो र डग्लस कोस्टाले गोल गरे । घरेलु टोलीका आन्द्रे पिनामोन्टीले सान्त्वना गोल फर्काए । पहिलो हाफ गोलरहित बराबरीमा सकिएको खेलमा सबे गोल दोस्रो हाफमा संभव भएको थियो ।
५०औं मिनेटमा डेबालाले गोल गर्दै युभेन्टसलाई अग्रता दिलाएका थिए । ५६ औ मिनेटमा रोनाल्डोले टोलीको अग्रता दोब्बर पारे । ७३ औ मिनेटमा डग्लसले गोल गरेपछि युभेन्टस सहज जितउन्मुख भएको थियो ।
तर त्यसको ३ मिनेट पछि पिनामोन्टीले घरेलु टोलीको अन्तर घटाएका थिए । जेनोआ २६ अंकमा १७ औ स्थानमा झरेको छ ।
गएरातीनै लाजियोले टोरिनोलाई २–१ ले हरायो । यद्यपी लाजियो तालिकाको दोस्रो स्थानमा कायम छ । २९ खेलबाट उसको ६८ अंक छ ।

तपाइको प्रतिक्रिया दिनुहोस ।
युभेन्टस
लोकप्रिय छुटाउनुभयो कि ?