Logo

ब्राईटनलाई हराउदै म्यान युनाईटेड शीर्ष पाँचमा

न्युजडेस्क
२०७७ असार १७ , बुधबार ०८:०७ मा प्रकाशित

एजेन्सी । म्यानचेष्टर युनाईटेड इंग्लिस प्रिमियर लिग फुटबलको शीर्ष पाँचमा पुगेको छ । पछिल्लो खेलमा गएराती ब्राईटन एण्ड होभ एल्बियनलाई ३–० ले हराउदै युनाईटेड पाँचौ स्थानमा उक्लिएको हो ।
ब्राइटनको मैदानमा युनाइटेडलाई जिताउन ब्रुनो फर्नान्डेसले २ गोल तथा मासुन ग्रीनउडले एक गोल गरे । १६ औं मिनेटमा ग्रीनउडको गोलमा अग्रता बनाएको युनाईडेडका लागी फर्नाण्डेशले २९ औं मिनेटमा अर्को गोल थपेका थिए ।
५०औं मिनेटमा उनलै व्यक्तिगत दोस्रो गोल गरेपछि युनाईटेड शानदार जित निकाल्न सफल बन्यो ।
३२ खेलबाट ५२ अंक जोडेको युनाईटेड चौथो स्थानको चेल्सी भन्दा २ अंकले पछि छ । समान खेलबाट ३३ अंक जोडेको ब्राइटन भने ३३ अंकमा तालिकाको १५औं स्थानमा छ ।

तपाइको प्रतिक्रिया दिनुहोस ।
म्यानचेष्टर युनाईटेड
लोकप्रिय छुटाउनुभयो कि ?