Logo

साफ च्याम्पियनसीप १ बर्ष पछि सर्यो

कैलाश
२०७७ असार १६ , मंगलबार १०:०६ मा प्रकाशित

बंगलादेशमा हुने तय भएको साफ च्याम्पियनसीप फुटबल प्रतियोगीता १ बर्ष पछि सरेको छ । साउथ एसियन फुटबल फेडेरेशन साफको जुम बैठकले प्रतियोगीताको १३ औ संस्करण एक बर्ष पछि सार्ने निर्णय गरेको हो । कोरोना माहामारीका कारण यो बर्ष प्रतियोगीता गर्न संभव नहुने निष्कर्ष निकाल्दै बैठकले प्रतियोगीता सन् २०२१ मा गर्ने निर्णय गरेको हो । साफ महासचिव अनवरुल हकको अध्यक्षतामा बसेको बैठकले प्रतियोगीता एक बर्ष पछि सार्ने निर्णय गरेको हो । बैठकमा साफ अण्डर १५ च्याम्पियनसीप, समफ अण्डर १५ वुमन च्याम्पियनसीप र अण्डर १८ महिला च्याम्पियनसीपका बिषयमा पनि छलफल भएको थियो । यद्यपी उमेर समुहका प्रतियोगीताबारे भने आगामी बैठकले निर्णय लिने समझदारी भएको छ ।
साफ बैठकमा नेपालबाट एन्फा महासचिव ईन्द्रमान तुलाधरले सहभागीता जनाएका थिए ।

तपाइको प्रतिक्रिया दिनुहोस ।
साफ च्याम्पियनसीप
लोकप्रिय छुटाउनुभयो कि ?