Logo

ला–लिगामा आज बार्साले एट्लेटिको मड्रिडसंग खेल्ने

कैलाश
२०७७ असार १६ , मंगलबार १०:०६ मा प्रकाशित

एजेन्सी । स्पेनिस ला–लिगा फुटबलमा आज ३३ औ चरणका ३ खेल हुदैछन् । आज मायोरका र सेल्टा डि भिगो, लेगानेश र सेभिया तथा बार्सिलोना र एट्लेटिको मड्रिड प्रतिस्पर्धा गर्नेछन् । उपाधि होडमा रहेको बार्साले घरेलु मैदानमा नेपाली समयानुसार राती पौने २ बजे एट्लेटिको मड्रिडसंग खेल्न लागेको हो । उपाधि होड बलियो बनाउन बार्सालाई आजको खेलमा जित्नैपर्ने दबाव छ । ५८ अंकमा तालिकाको तेस्रो स्थानमा रहेको एट्लेटिको पनि शीर्ष टोलीमाथी दबाव बढाउने योजनामा छ । एट्लेटिकोको जितले भने उपाधितर्फ अग्रसर रियल मड्रिडलाई थप फाईदा पुग्नेछ । ६९ अंकमा दोस्रो स्थानमा रहेको बार्सा भने घरेलु मैदानमा स्पष्ट अंकसंगै शीर्ष स्थानमा १ अंकको अग्रता बनाउने दाउमा छ ।
त्यसअघि राती सवा ११ बजे मायोरका र सेल्टा डि भिगो तथा पौने १ बजे लेगानेश र सेभिया आमने सामने हुनेछन् ।

तपाइको प्रतिक्रिया दिनुहोस ।
बार्सिलोना
लोकप्रिय छुटाउनुभयो कि ?