Logo

बार्सिलोना र युभेन्टसबिच खेलाडी साटासाट गर्ने गरी सहमति

न्युजडेस्क
२०७७ असार १६ , मंगलबार ०७:०६ मा प्रकाशित

इटालियन क्लब युभेन्टसका मिडफिल्डर मिरालेम पिजानिक यो सिजनको अन्त्यमा स्पेनिस क्लब बार्सिलोना जाने भएका छन् ।दुई क्लबबिच खेलाडी साटासाट गर्ने गरी सहमति भएको हो । सो सहमति अनुसार बार्सिलोनाका ब्राजिलियन खेलाडी आर्थर युभेन्टसमा अनुबन्धित हुने छन् ।३० वर्षका बोसनियन खेलाडी मिरालेम सुरुवाति ६० मिलियन युरो तथा त्यसपछि पाँच मिलियन युरो थपिने गरी सहमत भएका हुन् ।सन् २०१६ मा युभेन्टस आएका उनले क्लबका लागि हालसम्म २१४ खेलमा सहभागिता जनाएका छन् ।यस्तै २३ वर्षका आर्थर सन् २०१८ मा ६ वर्षको सम्झौतामा सुरुवाति ७२ मिलियन युरो र त्यसपछि १० मिलियन युरो थपिने गरी बार्सिलोनामा अनुबन्धित भएका हुन् । आर्थर पनि सिजनको अन्त्यसम्म बार्सिलोनामै हुने छन् ।

तपाइको प्रतिक्रिया दिनुहोस ।
बार्सिलोना
लोकप्रिय छुटाउनुभयो कि ?