Logo

नायक भुवन केसीमाथि साम्राज्ञीको आरोप, ‘छोरीको निहुँमा मलाई पटक पटक छोए’

कैलाश
२०७७ असार १६ , मंगलबार १०:०६ मा प्रकाशित

काठमाडौँ । नायिका साम्राज्ञी राज्यलक्ष्मी शाहले नायक भुवन केसीमाथि यौन दुर्व्यवहारको आरोप लगाएकी छन् ।

केसीले आफूलाई पटक पटक गलत नियतले छोएको बताउँदै साम्राज्ञीले सामाजिक सञ्जालमा भिडियो पोस्ट गरेकी हुन् । सम्बोधनमा आफूलाई छोरी भनेपनि केसीले पटक पटक यौन दुर्व्यवहार गरेको साम्राज्ञीले बताइन् । निर्माता तथा नायक भुवन केसीले निर्माण गरेको ‘ड्रिम’ फिल्मबाट साम्राज्ञीले आफ्नो करियर सुरु गरेकी थिइन् ।

यही फिल्मको सुटिङको बेला अनमोल केसी र साम्राज्ञीबीच प्रेम सम्बन्ध रहेको खुलेको थियो । अहिले भने केही कारणले उनीहरुबीच सम्बन्ध टुटीसकेको छ । सामाजिक सञ्जालमा भुवनविरुद्ध साम्राज्ञीले आवाज उठाएसँगै उनीहरुबीच सम्बन्ध बिग्रनुको कारण समेत खुलेको छ । साम्राज्ञीले ड्रिम फिल्मको सुटिङदेखि नै आफूमाथि भुवनले दुव्र्यवहार गरेको जनाएकी छन् ।

जापानमा भएको एक अवार्डमा समेत भुवनले आफूलाई दुर्व्यवहार गरेको साम्राज्ञीले खुलाएकी छन् । आफ्नै छोराको राम्रो साथी समेत रहेकी एक युवतीलाई भुवनले गरेको व्यवहारले उनको व्यक्तित्वमाथि ठूलो प्रश्न खडा गरेको छ ।

फिल्म क्षेत्रमा प्रवेश गर्ने नव नायिका यस्ता दुर्व्यवहारबाट गुज्रिनुपर्ने वास्तविकता साम्रज्ञीले उदाङ्गो पारिदिएकी छन् । यसका साथै भुवनको यस्तो व्यवहारले उनका छोरा अनमोलको व्यक्तित्वमा समेत पश्न उठ्न थालेको छ ।

साम्रज्ञीले यी कुरा बाहिर ल्याएसँगै भुवन भने क्रोधित बनेका छन् । उनले सामाजिक सञ्जालमा पोष्ट गर्दै भनेका छनु, ‘खान नपाएको भन्दै सामाजिक सन्जालमा रोई कराई गर्ने हिरोइन अहिले कुन फिल्मको नाम बेचेर खाइरहेकी छिन् रु जुन थालमा खाने त्यही थालमा दुलो पार्ने । सामाजिक सन्जालमा गर्ने बराबर अभिनय फिल्ममा पनि गरे हुने नी !’

तपाइको प्रतिक्रिया दिनुहोस ।
लोकप्रिय छुटाउनुभयो कि ?