Logo

ला–लिगा बिजेताको टुंगो अन्तिम खेलले मात्र लगाउछ : जिदान

न्युजडेस्क
२०७७ असार १५ , सोमबार ०१:०६ मा प्रकाशित

एजेन्सी । स्पेनी ला लिगा फुटबलको उपाधि होड रोमाञ्चक बन्दै गईरहेका बेला रियल मड्रिढका प्रशिक्षक जिनेदिन जिदानले लिगको अन्तिम चरणको खेलले मात्र बिजेता टुंगो लगाउने बताएका छन् । पछिल्लो खेलमा उनको टोली रियलले स्पानियोललाई १–० ले हराएको थियो । अंक तालिकामा स्पष्ट २ अंकको अग्रता बनाएको रियल र बार्साको उपाधि होड निक्कै रोमाञ्चक मोडमा पुगेको बेला प्रशिक्षक जिदानको प्रतिक्रिया सार्बजनिक भएको हो ।
उनले आफ्नो टोलीले लिगमा २ अंकको अग्रता बनाएपनि यो नै लिगको अन्त्य नभएको स्पष्ट पारेका छन् । उनले भने–‘उपाधि कस्ले जित्ने हो त्यसको टुंगो लिगको अन्तिम खेल पछि मात्रै लाग्नेछ ।’
पुछारको टोलीबिरुद्ध जित निकाल्न पनि कठिन भईरहेको सन्दर्भ जोड्दै जिदानले भने– ‘पुछारको टोलीसँग पनि हामीलाई खेल्न धेरै गाह्रो परेको थियो । तर पनि मेरा खेलाडीले उत्कृष्ट खेल खेल्दै म्याच जिते ।’
कोरोना माहामारीका कारण स्थगित ला लिगा जुनमा सुचारु भएपछि रियलले खेलेको पाँचमध्ये सबै खेलमा रियलले जित निकालेको छ । बार्सा भने पछिल्लो खेलमा सेल्टा डि भिगोसंग बराबरीमा रोकिएको थियो ।
ला–लिगामा अब ६ चरणका खेलहरु बाँकि रहेको छ । जिदानको टोली रियलले तुलनात्मक रुपमा सहज प्तिद्धन्दीबिरुद्ध अबका खेल खेल्नेछ । ला लिगामा रियलले गेटाफे, एथ्लेटिक क्लब, अलाभेस, ग्रानाडा, भिल्लारियल र लेगानेससंग खेल्न बाँकि छ । बार्साले ३३ औ चरणको खेलमा भोली एट्लेटिको मड्रिडसंग खेल्नेछ । सो खेलमा बार्सा पराजित भए रियलको उपाधि यात्रा केहि सहज बन्नेछ ।

तपाइको प्रतिक्रिया दिनुहोस ।
ला–लिगा
लोकप्रिय छुटाउनुभयो कि ?