Logo

‘लाइन्स क्लब अफ इटहरी एक्टिभ’ गठन

न्युजडेस्क
२०७७ असार १४ , आईतबार ०९:०६ मा प्रकाशित

इटहरीमा ‘लाइन्स क्लब अफ इटहरी एक्टिभ’ गठन गरिएको छ । इटहरीकी महिला व्यवशायी तथा सामाजिक अभियन्ता रन्जु सिग्देलको अध्यक्षतामा क्लब गठन गरिएको हो ।शनिबार एक कार्यक्रमका बिच क्लबको ब्यानर अनाबरण गरिएको छ ।सचिवमा डिल्ली आचर्य ,आखा र दाँत संयोजकमा समिप ढकाल चयन भएका छन. । कार्यक्रमका प्रमुख अतिथी डिस्ट्रिक्ट फस्ट भाइस गभर्नर रेवतबहादुर कार्की र विशेष अतिथी आइपीडी गभर्नर लिला ढुङ्गेलले संयुक्त रुपमा ब्यानर अनावरण गरेका थिए । उनीहरुले उक्त नयाँ क्लबका सदस्यहरुलाई लायन्स क्लबको विभिन्न पक्षको बारेमा जानकारीसमेत दिएका थिए ।कार्यक्रममा डा. बालकृष्ण शाह, रिसब दाहाल, नरनाथ सापकोटा, राजेन्द्र केसरी घिमिरे, गोबिन्द थापा, लायन्स क्लब अफ इटहरी स्मार्ट सिटिका वर्ष २०२०/२०२१ कि प्रेसिडेन्ट लक्ष्मी बराल गौतम तथा पदाधिकारी, सदस्यहरुको उपस्थिती थियो ।लायन्स क्लब इटहरी स्मार्ट सिटिको स्पोन्सरमा सम्पन्न कार्यक्रम स्मार्ट सिटिका अध्यक्ष थानेस्वर ढकालको अध्यक्षतामा गरिएको थियो ।क्लबमा इटहरीका विभिन्न क्षेत्रका ३७ जना सदस्य छन् ।

तपाइको प्रतिक्रिया दिनुहोस ।
लोकप्रिय छुटाउनुभयो कि ?