Logo

बार्सालाई शीर्ष स्थानमा उक्लने मौका

कैलाश
२०७७ असार १३ , शनिबार ०३:०६ मा प्रकाशित

एजेन्सी । स्पेनिस ला लिगा फुटबलमा आज ३२ औ चरणका थप चार खेल हुदैछन् । आज उपाधि होडमा रहेको बार्सिलोनाले सेल्टा डि भिगोसंग प्रतिस्पर्धा गर्नेछ । सेल्टाको घरेलु मैदानमा नेपाली समयानुसार राती पौने ९ बजे सुरु हुने खेलमा बार्सा सहज जितसंगै शीर्ष स्थानमा फर्कन चाहान्छ । बराबरी वा जितले बार्सालाई तालिकाको शीर्ष स्थानमा पुर्याउने छ । सेल्टाको जितले रियल मड्रिडलाई फाईदा पुग्नेछ । ३३ अंकमा तालिकाको १६ औ स्थानमा रहेको सेल्टापनि घरेलु मैदानमा जित निकाल्दै रेलिगेशनको भयबाट माथी उठ्न चाहान्छ ।
त्यसअघि आजको पहिलो खेलमा राती पौने ६ बजे एथ्लेटिको मड्रिड र मायोरका भिड्नेछन् । ४२ अंकमा तालिकाको १० औ स्थानमा रहेको एथ्लेटिको तालिकामा एक स्थान माथी उक्लने योजनामा छ । १८ औ स्थानको मायोरका पनि आफ्नो स्थानमा बलियो बन्न चाहान्छ । आजै राती सवा ११ बजे लेगानेश र ओसासुना तथा राती पौने २ बजे एट्लेटिको मड्रिड र डिर्पोटिभो अलाभेष आमने सामने हुनेछन् । तेस्रो स्थानको एट्लेटिको मड्रिडपनि कमजोर प्रतिद्धन्दीबिरुद्ध सहज जित निकाल्दै माथील्ला टोलीमाथी दबाव बढाउने योजनामा छ ।

तपाइको प्रतिक्रिया दिनुहोस ।
बार्सिलोना
लोकप्रिय छुटाउनुभयो कि ?