Logo

वेष्टह्यामबिरुद्ध टटनह्यामको सहज जित

न्युजडेस्क
२०७७ असार १० , बुधबार ०६:०६ मा प्रकाशित

एजेन्सी । ईङलिश प्रिमियर लिग फुटबलको पछिल्लो खेलमा टटनह्याम विजयी भएको छ । अर्को खेल भने बराबरीमा सकिएको छ । वेष्टह्याम युनाईटेडलाई २–० ले हराउदै टटनह्याम तालिकाको सातौ स्थानमा उक्लिएको हो । घरेलु मैदानमा सहज जित दिलाउन हेरी केनले एक गोल गरे । अर्को गोल उसले उपहारस्वरुप प्राप्त गरेको थियो ।
पहिलो हाफ गोलरहित बराबरीमा सकिएको खेलमा ६४ औ मिनेटमा उपहार गोलमार्फत टटनह्यामले अग्रता बनाएको थियो । ८२ औ मिनेटमा केनले गोल गरेपछि टटनह्यामको जित निश्चित बन्यो । ३१ खेलबाट ४५ अंक जोडेको टटनह्यामले तालिकामा एक स्थान सुधार गरेको हो । यो जितसंगै टटनह्यामले पाचौ र छैठौ स्थानमा रहेका म्यानचेष्टर युनाईटेड र वुल्भरहेम्प्टनसंगको दुरी १ अंकमा झारेको छ ।
तेस्रो स्थानको लेष्टर सिटि भने गएराती ब्राईटन एण्ड होभ एल्बियनसंग गोलरहित बराबरीमा रोएिको छ ।

तपाइको प्रतिक्रिया दिनुहोस ।
Football प्रिमियर लिग
लोकप्रिय छुटाउनुभयो कि ?