Logo

सेभिया तेस्रो स्थानमा उक्लियो

कैलाश
२०७७ असार ९ , मंगलबार १०:०६ मा प्रकाशित

एजेन्सी । सेभिया स्पेनिस ला लिगा फुटबलको तेस्रो स्थानमा उक्लिएको छ । ३१ औ चरणको खेलमा भियारियलसंग २–२ को बराबरीमा रोकिएपनि सेभियाले तालिकामा भने एक स्थान सुधार गरेको हो । ३१ खेलबाट सेभियाको ५३ अंक छ । एक खेल कम खेलेको एट्लेटिको मड्रिड चौथो स्थानमा झरेको छ ।
सेभियाबिरुद्धको खेलमा अग्रता भने घरेलु टोली भियारियलले खेलको १८ औं मिनेटमा लिएको थियो । पाको अल्केसरले भियारियलको खाता खोलेका थिए । सर्जियो एस्कुडोले ३९ औं मिनेटमा गोल गर्दैै सेभियालाई बराबरीमा पुर्याएका थिए । पहिलो हाफको अन्तिम समयमा पाउ टोरेसले गोल गर्दै भियारियललाई २–१ को अवस्थामा पुर्याए ।
खेलको ६३ औं मिनेटमा मुनिर अल हदादीले सेभियालाई बराबरीमा ल्याएका थिए । भियारियल ४८ अंकमा तालिकाको छैटौं स्थानमा छ । गएरातीको अर्को खेल भने गोलरहित बराबरीमा सकिएको छ । लेगानेश र ग्रानाडाले गोलरहित बराबरी खेल्दै अंक बाँडेका छन् ।

तपाइको प्रतिक्रिया दिनुहोस ।
Football
लोकप्रिय छुटाउनुभयो कि ?