Logo

बर्नलीबिरुद्ध म्यानचेष्टर सिटिको फराकिलो जित

कैलाश
२०७७ असार ९ , मंगलबार ०८:०६ मा प्रकाशित

एजेन्सी । इंग्लिस प्रिमियर लिग फुटबलमा म्यानचेष्टर सिटीले फराकिलो जित निकालेको छ । ३० औ चरणको खेलमा गएराती बर्नलीलाई ५–० ले हराउदै सिटिले शीर्ष स्थानको लिभरपुलसंगको अंक दुरी घटाएको हो ।
घरेलु मैदानमा एकपक्षिय जित निकाल्न फिल फोडेन र रियाद महरेजले समान २–२ तथा डेभिड सिल्भाले एक गोल गरे ।
खेलको २२ औ मिनेटमा फोडेनको गोलमा सिटिले अग्रता बनाएको थियो । ४३ औ मिनेटमा महरेजले टोलीको अग्रता दोब्बर पारेका थिए । पहिलो हाफको ईन्ज्युरी समयमा पाएको पेनाल्टिको अवसरलाई महरेजले सदुपयोग गर्दै टोलीलाई पहलिो हाफमै ३–० को अग्रता दिलाएका थिए ।
दोस्रो हाफमा पनि आक्रामक बनेको सिटिले ५१औं मिनेटमा अर्को गोल थपेको थियो । सिल्भाले गोल गर्दै टोलीलाई बलियो अवस्थामा पुर्याएका थिए ।
६३औं मिनटमा फोडेनले व्यक्तिगत दोस्रो गोल गर्दा टोली ५–० को अग्रता लिन सफल बन्यो । त्यसपछिका प्रयास असफल बन्दा सोहि नतिजा निर्णायक बन्यो । योसंगै सिटिको ६३ अंक भएको छ । शीर्ष स्थानको लिभरपुलको ८३ अंक छ ।

तपाइको प्रतिक्रिया दिनुहोस ।
Football
लोकप्रिय छुटाउनुभयो कि ?