Logo

नेपालमा कोरोना संक्रमितको संख्या १० हजार नाघ्यो, आज मात्रै थपिए ५३८ जना

न्युजडेस्क
२०७७ असार ९ , मंगलबार ०४:०६ मा प्रकाशित

नेपालमा मंगलबार ५३८ जना कोरोना संक्रमित थपिएका छन् ।स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले मंगलबार ५३८ जना संक्रमित थपिएका नियमित प्रेस ब्रिफिङका क्रममा जानकारी दिए ।

उनीहरु मध्ये ४४८जना पुरुष र ९० जना महिला महिला छन् ।यो सँगै नेपालमा कोरोना संक्रमितको संख्या १०,०९९ पुगेको छ ।कोरोना संक्रमण निको भएर डिस्चार्ज हुनेको संख्या २२२४ रहेको छ । त्यसमा १८९ महिला र २०३५ पुरुष छन् । गत चौबिस घण्टामा मात्रै ८ महिला र ६८ पुरुष गरी ७६ जना डिस्चार्ज भएका हुन्।

नेपालमा कोरोना भाइरस संक्रमित फेला परेका जिल्लाहरुको संख्या ७६ छ । बागमती प्रदेशको रसुवा बाहेकका सबै जिल्लामा कोरोना संक्रमण फैलिएको छ ।दैलेखका एक पुरुषको मृत्यु भएसँगै नेपालमा कोरोना संक्रमणका कारण मृत्यु हुनेको संख्या २४ पुगेको छ ।

तपाइको प्रतिक्रिया दिनुहोस ।
कोरोना
लोकप्रिय छुटाउनुभयो कि ?