Logo

तीन पाकिस्तानी क्रिकेटरमा कोरोना सक्रमण

कैलाश
२०७७ असार ९ , मंगलबार १०:०६ मा प्रकाशित

एजेन्सी । पाकिस्तानका तीन क्रिकेटरमा कोरोना सक्रमण पुष्टि भएको छ । इंग्ल्यान्ड भ्रमणमा जान लागेको पाकिस्तानी टोलीका ३ सदस्यमा सक्रमण पुष्टि भएको पाकिस्तान क्रिकेट बोर्ड पिसीबिले जनाएको छ ।
ईङल्याण्ड भ्रमणको तयारी स्वरुप खेलाडीको प्रारम्भीकचरणको परिक्षण गर्दा उनीहरुमा सक्रमण पाईएको हो । बोर्डका अनुसार ब्याट्सम्यान हैदर अली तथा बलरद्धय ह्यारिस रउभ र सबाब खानलाई सक्रमण देखीएको हो ।
सक्रमण देखीएका तीने जनालाई आईसोलेशनमा राखिएको छ । जुन २९ मा ईङल्याण्ड भ्रमणमा निस्कनु अघि पाकिस्तानी टोलीका सबै खेलाडीको कोरोना परिक्षण गरिएको थियो । सक्रमण देखीएका खेलाडीको सट्टामा के गर्ने भन्ने बिषयमा कुनै निर्णय नभएको पिसीबीले जनाएको छ ।
पाकिस्तानले ईङल्याण्डसंग ३ म्याचको टेष्ट सिरिजसंगै ३ म्याचको ट्वान्टी ट्वान्टी सिरिज पनि खेल्नेछ । अगष्ट र सेप्टेम्बरको बिचमा हुने प्रतियोगीताको यकिन मिती भने तय हुन बाँकि छ ।

तपाइको प्रतिक्रिया दिनुहोस ।
कोरोना क्रिकेट
लोकप्रिय छुटाउनुभयो कि ?