Logo

एसी मिलानको शानदार जित

कैलाश
२०७७ असार ९ , मंगलबार ०८:०६ मा प्रकाशित

एजेन्सी । इटालियन सिरी ‘ए’ मा फुटबलमा एसी मिलानले शानदार जित निकालेको छ । गएराती लेसलाई ४–१ ले हराउदै एसी मिलान तालिकाको सातौ स्थानमा उक्लिएको हो ।
लेसको घरेलु मैदानमा एसी मिलानलाई जिताउन सामु कास्टिलेजो, जियाकोमो बोनाभेन्टुरा, एन्टे रेबिक, राफेल लियोले गोल गरे । मार्को मन्कुसाले घरेलु टोलीका लागि सान्वना गोल फर्काए । पहिलो हाफमा १–० को अग्रता बनाएको मिलानले दोस्रो हाफमा ३ गोल थप्दै एक गोल खाएको हो ।
२७ खेलबाट ३९ अंक जोडेको मिलानले हेल्लास भेरोनालाई पछि पारेको हो । नापोलीसंग समान अंक भएपनि एसी मिलान गोल अन्तरले पछि परको हो । लेस भने २५ अंकमा तालिकाको रेलिगशेन जोनमा छ ।

तपाइको प्रतिक्रिया दिनुहोस ।
Football
लोकप्रिय छुटाउनुभयो कि ?