Logo

सिरी ए फुटबलमा आज युभेन्टसले बोलोग्नासंग प्रतिस्पर्धा गर्दै

न्युजडेस्क
२०७७ असार ८ , सोमबार ०६:०६ मा प्रकाशित

एजेन्सी । इटालियन सिरी ’ए’ फुटबलमा आज बिभिन्न ३ खेल हुदैछन् । आज फियोरेन्टिनाले ब्रसिया, एसी मिलान ले लिसी र युभेन्टसले बोलोग्नासंग प्रतिस्पर्धा गर्नेछन् । आजका दुई खेल नेपाली समयानुसार राती सवा ११ बजे सुरु हुनेछन् । तेस्रो खेलमा राती साढे १ बजे युभेन्टस र बोलोग्ना आमने सामने हुनेछन् । यो खेल बोग्लोनाको घरेलु मैदानमा हुनेछ ।
एक अंकको अग्रता सहित तालिकाको शीर्ष स्थानमा रहेको युभेन्टस त्यसलाई थप बढाउदै उपाधि यात्रा सहज बनाउने योजनामा रहेको छ । तुलानात्मक रुपमा कमजोर प्रतिद्धन्दीबिरुद्ध सहज जितको योजनासंगै युभेन्टस सिरी ए मा आफ्नो रवाफ कायम राख्न चाहान्छ ।
बोलोग्नालाई हराएर युभेन्ट्सले शीर्ष स्थानमा ४ अंकको अग्रता बनाउनेछ । २६ खेलबाट युभेन्ट्सको ६३ र लाजियोको ६२ अंक रहेको छ । बोग्लोना ३४ अंकमा तालिकाको दशौ स्थानमा छ । बलियो टोली युभेन्टसलाई घरेलु मैदानमा हराउदै तालिकामा सुधार गर्ने बोग्लोनाको योजना छ ।

तपाइको प्रतिक्रिया दिनुहोस ।
Football सिरी ए
लोकप्रिय छुटाउनुभयो कि ?