Logo

युभेन्टसलाई हराउदै नापोलीलाई कोपा ईटालियाको उपाधि

न्युजडेस्क
२०७७ असार ४ , बिहीबार ०७:०६ मा प्रकाशित

एजेन्सी । कोपा ईटालिया कप फुटबलको उपाधि नापोलीले जितेको छ । युभेन्टसलाई पेनाल्टि सुटआउटमा ४–२ ले हराउदै नापोलीले छैठौ पटक कोपा ईटालियाको उपाधि जितेको हो । निर्धारित समयको खेल गोलरहित बराबरीमा सकिएपछि उपाधि विजेताको छिनोफानो पेनाल्टि सुटआउटबाट गरिएको थियो । जसमा नापोली भाग्यमानी बन्दै उपाधि हात पार्न सफल भयो । युभेन्टसका पउलो डेबाला र डानिलोले पेनाल्टि मिस गरेपछि नापोलीले उपाधि हात पारेको हो ।
नियमित समयको रोमाञ्चक खेलमा दुबै टोलीले पाएका राम्रा अवसरको सदुपयोग गर्न नसक्दा खेल पेनाल्टि सुटआउटसम्म पुगेको थियो । जसमा युभेन्टस १४ औ पटक उपाधि हात पार्न असफल बन्यो ।
सेमिफाईनलमा युभेन्टसले एसी मिलान र नापोलीले ईन्टर मिलानलाई हराउदै फाईनलमा स्थान बनाएका थिए ।

तपाइको प्रतिक्रिया दिनुहोस ।
Football
लोकप्रिय छुटाउनुभयो कि ?