Logo

डर्टमण्ड आफ्नै मैदानमा मेन्जसंग पराजित

न्युजडेस्क
२०७७ असार ४ , बिहीबार ०७:०६ मा प्रकाशित

एजेन्सी । जर्मन बुन्डेसलिगाको पछिल्लो खेलमा बोरुसिया डर्टमण्ड पराजित भएको छ । गएराती भएको खेलमा मेन्जले डर्टमण्डलाई २–० ले स्तब्ध पारेको हो । डर्टमुण्डको मैदानमा भएको खेलमा मेन्जलाई जिताउन जोनाथन बुर्कडट र जीन–फिलिप्पे मटेटाले गोल गरे ।
खेलको ३३ औं मिनेटमा बुर्कड्टको गोलमा अग्रता बनाएको मेन्जका लागि ४९ औं मिनेटमा मटेटाले पेनाल्टीमार्फत अर्को गोल थपेका थिए । खेलमा अधिकांश समय दबाव बनाएपनि डर्टमण्डले पाएका डेढ दर्जन अपसर खेर फालेको थियो । जितका बावजुत मेन्ज ३४ अंकमा तालिकाको १५ औ स्थानमा यथावत छ । हारपछि पनि डर्टमण्ड ६६ अंकमा दोस्रो स्थानमा कायम छ ।
क्लोनलाई ३–१ ले हराएको वायर लिभरकुशेन तालिकाको चौथो स्थानमा उक्लिएको छ । ३२ खेलबाट ६० अंकका साथ उसले च्याम्पियन्स लिग प्रबेशको संभावना बलियो बनाएको हो ।
होफिनह्यामले अग्सवर्गलाई ३–१ ले हराउदा साल्के फ्रयाङकफर्टसंग २–१ ले स्तब्ध भयो । गएराती नै आरबी लिप्जिङ र डुसेलडर्फले २–२ को बराबरी खेल्दै अंक बाँडेका छन् ।

तपाइको प्रतिक्रिया दिनुहोस ।
Football
लोकप्रिय छुटाउनुभयो कि ?