Logo

आर्सनलबिरुद्ध म्यान सिटिको सहज जित

न्युजडेस्क
२०७७ असार ४ , बिहीबार ०७:०६ मा प्रकाशित

एजेन्सी । कोरोना माहामारीका कारण ३ महिना रोकिएर सुरु भएको ईङलिश प्रिमियर लिग फुटबलमा म्यानचेष्टर सिटिले सहज जित हात पारेको छ । आर्सनलाई ३–० ले हराउदै सिटिले तालिकामा २ अंक थपेको हो । सिटिलाई सहज जित दिलाउन राहिम स्र्टलिङ, केभिन डि ब्रुयेन र फिल फोडेनले गोल गरे । पहिलो हाफमा स्र्टलिङको गोलमा अग्रता बनाएको सिटिले बाँकि २ गोल दोस्रो हाफमा गरेको थियो । खेलको ४९ औ मिनजेटमा डेभिड लुईस रातो कार्ड खाँदै मैदानबाट बाहिरिएपछि आर्सनल १० खेलाडीमा सिमित बन्यो ।
त्यसलगत्तै खेलको ५१ औ मिनेटमा ब्रुयेनले पेनाल्टिमा गोल गर्दै सिटिलाई २–० को अवस्थामा पुर्याए । अतिरिक्त समयमा फोडेनले गोल थपेपछि सिटि सहज जित निकाल्न सफल बन्यो । २९ खेलबाट सिटिको ६० अंक भएको छ । योसंगै दोस्रो स्थानको सिटिले शीर्ष स्थानको लिभरपुलसंगको दुरी २२ अंकमा झारेको छ । समान खेलबाट लिभरपुलको ८२ अंक छ ।
गएरातीको अर्को खेल भने गोलरहित बराबरीमा सकिएको छ । एष्टन भिल्ला र सेफिल्ड युनाईटेडले गोलरहित बराबरी खेल्दै अंक बााडेका छन् ।

तपाइको प्रतिक्रिया दिनुहोस ।
Football
लोकप्रिय छुटाउनुभयो कि ?