Logo

ईटालीमा माहामारीपछि फुटबल फर्कदै

न्युजडेस्क
२०७७ जेठ ३१ , शनिबार ०५:०६ मा प्रकाशित

एजेन्सी । युरोपमा कोरोना माहामारीको केन्द्र बनेको ईटालिमा आजबाट खेलकुद गतिबिधि सुरु हुदैछ । ईटालीमा कोपा ईटालियामार्फत खेलकुद गतिबिधि सुरु हुन लागेको हो । कोपा ईटालिया फुटबल अन्तर्गत सेमिफाईनलको दोस्रो लेगमा आज राती युभेन्टस र एसी मिलान प्रतिस्पर्धा गर्नेछन् ।
आफ्नो घरेलु मैदानमा हुने खेलमा युभेन्टस सहज जित निकाल्दै फाईनल प्रबेशको योजनामा हुनेछ । यी दुई टोलीबिच सेमिफाईनलको पहिलो लेग एक एकको बराबरीमा सकिएको थियो । अर्को सेमिफाईनलमा भोली नापोली र ईन्टर मिलान प्रतिस्पर्धा गर्नेछन् । यी दुईबिचको पहिलो लेगमा नापोली १–० ले विजयी भएको थियो । मार्च ९ बाट रोकिएको ईटालिको खेलकुद गतिबिधि ३ महिनापछि सुरु हुन लागेको हो । कोपा ईटालियाको फाईनल खेल जुन १७ मा हुनेछ ।
ईटालियन सिरि ए का खेलहरु भने जुन २० बाट सुरु हुनेछन् ।

तपाइको प्रतिक्रिया दिनुहोस ।
Football
लोकप्रिय छुटाउनुभयो कि ?