Logo

प्रिमियर लिगका एक जनामा कोरोना सक्रमण

न्युजडेस्क
२०७७ जेठ २९ , बिहीबार १२:०६ मा प्रकाशित

एजेन्सी । इंग्लिस प्रिमियर लिगका थप एकजनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । प्रिमियर लिगले विज्ञप्ती जारी गर्दै अन्तिम चरणको परीक्षणमा एकजना सक्रमित भएको पुष्टि गरेको हो ।
जुन ८ र ९ मा १ हजार २ सय १३ जनाको परीक्षण गर्दा एक जनामा सक्रमण देखीएको प्रिमियर लिगले उल्लेख गरेको छ । तर सक्रमितको विवरण भने प्रिमियर लिगले सार्बजनिक गरेको छैन् । यो संगै प्रिमियर लिग फुटबलमा कोरोना सक्रमितको संख्या १४ पुगेको छ ।
माहामारीपछि लिग सञ्चालनको तयारी भईरहेका बेला पुन सक्रमण देखीएपछि जोखीम थप बढ्ेको छ । प्रिमियर लिग जुन १७ बाट सुरु हुदैछ । लिग सुरु हुनुअघि लिगले खेलाडी, कर्मचारी तथा ब्यवस्थापकको गरी कुल ७ हजार ४ सय ८७ जनामा कोरोना भाईरस परिक्षण गरिएको जनाएको छ ।

तपाइको प्रतिक्रिया दिनुहोस ।
प्रिमियर लिग
लोकप्रिय छुटाउनुभयो कि ?