Logo

सामाजिक न्यायका लागि जोर्डनद्धारा १० करोड डलर सहयोग

न्युजडेस्क
२०७७ जेठ २४ , शनिबार १०:०६ मा प्रकाशित

एजेन्सी । एनबीए लेजेण्ड माइकल जोर्डनले अमेरिकामा सामाजिक न्याय र समानताका लागि संघर्ष गर्नका लागि १० करोड डलर सहयोग गर्ने घोषणा गरेका छन् । जोर्डनको ब्रान्डले जारी गरेको प्रेस विज्ञप्ति अनुसार अबको १० वर्षमा यो रकम खर्च गरिनेछ ।

रंगभेदी व्यवहारविरुद्ध सामाजिक न्याय र समानताका लागि लडिरहेका संस्थाले यो सहयोग रकम पाउने छन् । खेलकुद क्षेत्रबाट कुनै पनि गैर नाफामूलक संस्थाले दिन लागेको यो अहिलेसम्मकै सबैभन्दा ठूलो आर्थिक सहयोग हो ।

जोर्डनलाई विश्व बास्केटबलकै अहिलेसम्मकै सबैभन्दा ठूला र सफल खेलाडी मानिन्छ । प्रहरीको हातबाट एक अश्वेतको मृत्यु भएपछि अमेरिकामा चलिरहेको साता लामो प्रदर्शनबीच यो सहयोग घोषणा भएको हो ।

तपाइको प्रतिक्रिया दिनुहोस ।
जोर्डन
लोकप्रिय छुटाउनुभयो कि ?