Logo

बुण्डेश लिगामा बार्यन र लिभरकुशेन तथा डर्टमण्ड र हेर्था बर्लिनसंग खेल्ने

कैलाश
२०७७ जेठ २४ , शनिबार १२:०६ मा प्रकाशित

एजेन्सी । जर्मन बुण्डेश लिगा फुटबलमा आज बिभिन्न ५ खेल हुदैछन् । आज शीर्ष स्थानको बार्यन म्युनिखले वायर लिभरकुशेनसंग प्रतिस्पर्धा गर्नेछ । शीर्ष स्थानमा ७ अंकको अग्रता बनाएको बार्यन २२ औ जितसंगै उपाधि यात्रा सहज बनाउने योजनामा रहेको छ । लिभरकुशेनको घरेलु मैदानमा नेपाली समयानुसार राती साढे ७ बजे यी दुई टोली प्रतिस्पर्धा गर्नेछन् । सोहि समय फ्रान्कफर्ट र माईन्ज, फोर्टुना डुसेलडर्फ र होफिनह्याम तथा आरबी लिप्जिङ र पाडेरबर्न आमने सामने हुनेछन् ।
आजै दोस्रो स्थानको बोरुसिया डर्टमण्डले हेर्था बर्लिनको सामना गर्नेछ । उपाधि दाबेदार मानिएको बोरुसिया १९ औ जितसंगै बार्यनसंगको दुरी घटाउने प्रयासमा रहनेछ । घरेलु मैदानमा हुने खेलमा डर्टमण्ड सहज जितको योजनामा रहेको छ । ३८ अंकमा तालिकाको नवौ स्थानमा रहेको हेर्था तालिकामा सुधार गर्ने दाउमा छ ।
यसअघि गएराती भएको खेलमा बोरुसिया म्याक ग्लाण्ड वाचलाई १–० ले हराउदै फ्रेवर्ग तालिकाको आठौ स्थानमा उक्लिएको छ ।

तपाइको प्रतिक्रिया दिनुहोस ।
बुण्डेश लिगा
लोकप्रिय छुटाउनुभयो कि ?