Logo

अभ्यासका क्रममा मेस्सी घाईते भएको बार्साद्धारा पुष्टि

कैलाश
२०७७ जेठ २४ , शनिबार १२:०६ मा प्रकाशित

एजेन्सी । स्पेनी क्लब बार्सिलोनाले टोलीका कप्तान लियोनल मेस्सी अभ्यासका क्रममा घाइते भएको पुष्टि गरेको छ । बार्साले विज्ञप्ति जारी गर्दै मेस्सीले प्रशिक्षणका क्रममा चोट बोकेको जनाएको हो । बार्साका अनुसार मेस्सी अब केहि दिन मैदान बाहिर रहनेछन् । उनी पछिल्ला २ दिनको अभ्यासमा मैदान उत्रिएपछि मेस्सी घाईते भएको अनुमानकाबिच बार्साले बिज्ञप्ती नै जारी गरी त्यसको पुष्टि गरेको हो । बार्सिलोनाले भनेको छ– कप्तान मेस्सीले सामान्य चोट बोकेका कारण उनी प्रशिक्षणमा उपस्थित हुन सकेनन् । उनी केही दिनपछि साथीहरूसँगै प्रशिक्षणमा उत्रनेछन् ।’
रिपोर्टअनुसार उनले १० दिन मैदानबाहिर रहनुपर्नेछ । यो चोटसंगै उनले मायोरकासंगको खेल गुमाउने संभावना बढेको छ । जुन १२ बाट सुरु हुने ला लिगामा बार्साले त्यसको भोलीपल्ट मायोरकाको सामना गर्नेछ ।

तपाइको प्रतिक्रिया दिनुहोस ।
मेस्सी
लोकप्रिय छुटाउनुभयो कि ?