Logo

शेर्पालाई कारबाहिको माग गर्दै चार जिल्ला फुटबल संघद्धारा राखेप उपाध्यक्षलाई पत्र

न्युजडेस्क
२०७७ जेठ २३ , शुक्रबार ०९:०६ मा प्रकाशित

उपत्यकाका तीन सहित ४ जिल्ला फुटबल संघले अखिल नेपाल फुटबल संघ एन्फाका अध्यक्ष कर्मा छिरिङ शेर्पामाथी कारबाहिको माग गर्दै राखेप उपाध्यक्ष पिताम्बर तिमल्सेनालाई पत्र बुझाएका छन् । त्रिपुरेश्वर स्थित परिषदको कार्यालयमा पुगेर उनीहरुले शेर्पामाथी कारबाहिको माग गर्दै पत्र बुझाएका हुन । काठमाडौं जिल्ला फुटबल संघका अध्यक्ष विराटजंग शाही, ललितपुर जिल्ला फुटबल संघका अध्यक्ष पुरुषोत्तम थापा, भुक्तपुर जिल्ला फुटबल संघका अध्यक्ष गौतम सुजखु र धादिङ जिल्ला फुटबल संघका अध्यक्ष दीपक खतिवडाले शेर्पाले हस्ताक्षर गरेको पत्र तिमल्सेनालाई बुझाईएको हो । सो क्रममा भक्तपुर जिल्ला अध्यक्ष सुखजु भने उपस्थित भएका थिएनन् ।
पत्र बुझ्दै उपाध्यक्ष तिम्सिनाले पत्रमा उल्लेख भएका विषयमा अध्यन गर्ने बताउँदै एकीकृत ढंगले एन्फा चलोस् भन्ने आफूहरुको चाहना रहेको बताउनुभयो । यसअघि यहि समुहले प्रधानमन्त्रीको कार्यालय तथा युवा तथा खेलकुद मन्त्रालयमा पनि सोहि ब्योहोराको पत्र दर्ता गराएका थिए ।
एन्फा अध्यक्ष शेर्पाले मधेशका बालबालिकामा राष्ट्रियताको भावना कम हुने आशयको अभिव्यक्ति दिएपछि त्यसको सबत्र बिरोध हुदै आएको छ । सोहि अभिब्यक्तिलाई लिएर संसदमा पनि केहि सांसदले शेर्पाको राजिनामा माग गर्दै आएका छन् । अध्यक्ष शेर्पाले भने बुधबार विज्ञप्ती जारी गरि आफुले कुनै पनि भुगोल, वर्ग र समुदायमाथी लक्षित गरी अभिब्यक्ति नदिएको स्पष्ट पारेका थिए । शेर्पाले आफ्नो अभिब्यक्तिले कोहि कसैमा असर परेको भए माफि दिन समेत आग्रह गरेका थिए ।

तपाइको प्रतिक्रिया दिनुहोस ।
लोकप्रिय छुटाउनुभयो कि ?