Logo

व्यङगको शैलीमा डि-मर्चा ब्याण्डको “नेता ज्यु नमस्कार” सार्वजनिक (भिडियो सहित)

कैलाश
२०७७ जेठ २३ , शुक्रबार ०४:०६ मा प्रकाशित

वि.स. २०५२ सालमा स्थापित नेपालकै पहिलो र्याप व्याण्डको रुपमा चिनारी बनाउन सफल तथा “झ्यम्म झ्याम्म”, “तारा खस्योउली ए बहिनी रुदै बस्योउली”, “कैलाशमा जय शम्भो”, “झ्याम्मै चौतारी”, “छ भने माया छपक्कै लाइदेउ” जस्ता अनेकौ सुपरहिट गीतका चर्चित लोकप्रिय सांगीतिक समुह डि-मर्चा ब्याण्डले आफ्नो नयाँ गीत “नेता ज्यु नमस्कार” दर्शक माझ आफ्नो म्युजिक भिडियो सार्बजनिक गरेको छ ।भिडियोमा देश र जनताको लागि अबको निकास नयाँ विचार, युवा नेता अनि देशको बिकास” भन्ने मुल बिषयलाई समेटन खोजिएको छ ।देशमा चलिरहेको बिधमान राजनितिक परिस्थितिलाई व्यङग गर्दै तयार पारिएको गीतबाट केही सन्देश जाने तथा अहिले देशमा चलिरहेको विषम परिस्थितिसंग पनि मिल्दोजुल्दो भएका कारण दर्शकले रुचाउने कुरामा डि-मर्चाका ब्याण्डका सदस्य पनि ढुक्क रहेको कुरा बताए ।कोरोनाको कहरका कारण विश्वभरी नै चलिरहेको लकडाउनको समयमा केही थप मनोरञ्जन तथा जनचेतना जगाउने उद्देश्यले बनाईएको गीत तथा म्युजिक भिडियो दर्शकका सामु आज सार्बजनिक गरेको कुरा ब्याण्डका लिडर समेत रहेका गायक भाष्कर ध्वज श्रेष्ठले बताए । पोखराका तथा काठमाण्डौको केही मनोरम द्रिश्यहरु समेटिएको भिडियोलाई दर्शकले रुचाउने कुरामा उनी विश्वस्त रहेका छन । यस गीतको सब्द भने प्रतिक अधिकारिको रहेको छ।

तपाइको प्रतिक्रिया दिनुहोस ।
लोकप्रिय छुटाउनुभयो कि ?