Logo

विश्वकप छनोट अन्र्तगत नेपालले खेल्ने बाँकि सबै खेलको तालिका निर्धारण

कैलाश
२०७७ जेठ २३ , शुक्रबार ०९:०६ मा प्रकाशित

एजेन्सी । एसियाली फुटबल फेडेरेशन एएफसीले कोरोना माहामारीका कारण रोकिएका खेलहरुको नयाँ तालिका निर्धारण गरेको छ । विश्वकप २०२२ तथा एसीया कप क्वालिफायरका छनोट खेलको नयाँ तालिका सार्बजनिक गरिएको हो । मार्च र जुनका लागि तय गरिएका खेलहरु अक्टोबर र नोभेम्बरका लागि तय गरिएको एएफसीले जनाएको छ । म्याच ७ र ८ का खेलहरु अक्टोबर ८ र १३ का लागि तय गरिएको छ । त्यस्तै म्याच ९ र १० नोभेम्बर १२ र १७ मा राखीएको छ ।
एएफसीको नयाँ तालिका अनुसार नेपालले घरेलु मैदानमा खेल्ने तीनै खेलको मिती तय भएको हो । नयाँ तालिका अनुसार नेपालले अक्टोबर ८ अर्थात असोज गते घरेलु मैदानमा चाइनिज ताइपेइसँग खेल्नेछ । त्यस्तै अक्टोबर १३ अर्थात असोज २७ गते काठमाण्डौमै अष्ट्रेलियासँग प्रतिस्पर्धा गर्नेछ । आफ्नो अन्तिम खेल नेपालले नोभेम्बर १२ अर्थात कार्तिक २७ गते जोर्डनसँग खेल्ने छ ।
प्रतियोगीताको शीर्ष स्थानमा रहने टोलीले एसियन कपमा छनोट हुनुका साथै विश्वकप छनोटको तेस्रो चरणमा स्थान बनाउने छ ।

तपाइको प्रतिक्रिया दिनुहोस ।
एएफसी
लोकप्रिय छुटाउनुभयो कि ?