Logo

प्रिमियर लिगका आगामी खेलमा ५ खेलाडी परिवर्तन गर्न पाईने

कैलाश
२०७७ जेठ २३ , शुक्रबार ११:०६ मा प्रकाशित

एजेन्सी । ईङलिश प्रिमियर लिग फुटबलका आगामी खेलमा ५ खेलाडी परिवर्तन गर्न पाउने नियम लागु हुने भएको छ । विश्व फुटबलको सर्बोच्च निकाय फिफाले गरेको नयाँ निर्णयलाई प्रिमियर लिगले पहिलो प्रयोग गर्न लागेको हो । लिगको हिजो बसेको बैठकले अब सुरु हुने खेलमा पाँच खेलाडी सब्सिच्युड गर्न दिने निर्णय गरेको हो ।
यस्तै ७ देखि ९ खेलाडी बेन्चमा राख्न पाईनेछ । माहामारी पछि मैदान फर्कदा खेलाडीलाई अप्ठेरो हुने भन्दै फिफाले नयाँ नियमको अनुमती दिएको थियो । प्रिमियर लिग फुटबल आगामी जुन १७ बाट सुरु हुँदैछ ।

तपाइको प्रतिक्रिया दिनुहोस ।
प्रिमियर लिग
लोकप्रिय छुटाउनुभयो कि ?