Logo

डिभी चिट्ठाको नतिजा भोलि, कुन साइटमा हेर्ने?

न्युजडेस्क
२०७७ जेठ २३ , शुक्रबार १०:०६ मा प्रकाशित

अमेरिकामा स्थायी बसोबासको अनुमति प्राप्त हुने डिभी चिट्ठाको नतिजा नेपाली समय अनुसार जेठ २४ गते शनिबार राति ०९:४५ बजे प्रकाशन हुने अमेरिकी दूतावासले जानकारी दिएको छ।

कन्फर्मेसन नम्बर प्रयोग गरी https://www.dvlottery.state.gov/ मा नतिजा हेर्न सकिने समेत दूतावासले जानकारी दिएको छ।

यदि तपाईंले सो नम्बर बिर्सनुभएको छ भनेपनि “Forgot Confirmation Number” मा क्लिक गरी मागेको विवरण दिएर नतिजा हेर्न मिल्ने दूतावासले जनाएको छ।‘डिभीका सम्बन्धमा फोन या इमेलबाट गरिने सबै किसिमका सोधपूछहरु ग्राहक सेवा केन्द्रमा गर्नुपर्नेछ,’ दूतावासले सूचित गरेको छ।

अमेरिकामा रहेका नेपालीले (७०३)९८८-३४२८ मा सम्पर्क गरी सोधपूछ गर्न सक्ने पनि दूतावासको सूचनामा उल्लेख छ।दूतावासले डिभी विजेताहरुलाई सफल भएको जानकारी गराएको भन्दै कुनै इमेल नपठाउने तथा भिसा अन्तर्वाताको लागि अग्रिम शुल्क बुझाउन कुनै पनि व्यहोराको इमेल, चिट्ठी या अन्य अनुरोध नपठाउनेसमेत दूतावासले जानकारी दिएको छ।

तपाइको प्रतिक्रिया दिनुहोस ।
लोकप्रिय छुटाउनुभयो कि ?