Logo

कोपा ईटालिया अर्को साता सुरु हुने

कैलाश
२०७७ जेठ २३ , शुक्रबार ११:०६ मा प्रकाशित

एजेन्सी । कोपा ईटालिया फुटबल अर्को साता सुरु हुने भएको छ । सेमिफाईनलको दोस्रो लेगका खेलहरु जुन १३ बाट सुरु हुने ईटालियन फुटबल फेडेरेशनले जनाएको छ ।
इटालीका खेलकुदमन्त्री भिसेन्जो स्पाडाफोराले कोपा ईटालियाका खेलहरु जुन १२ बाट सुरु हुने बताएका हुन् । सेमिफाइनलको दोस्रो लेगमा युभेन्टसले एसी मिलान तथा नापोलीले इन्टर मिलानसँग प्रतिस्पर्धा गर्नेछन् ।
फेब्रुअरीमा भएको पहिलो लेगमा युभेन्टस र मिलान १–१ गोलको बराबरी खेलेका थिए । इन्टरलाई नापोलीले १–० ले पराजित गरेको थियो । कोरोना महामारीका कारण गत मार्चबाट कोपा इटालिया स्थगित भएको थियो । इन्टर र नापोलीबीचको खेल १४ जुनमा हुनेछ । फाइनल खेल भने १७ जुनमा हुने तालिका तय गरिएको छ ।

तपाइको प्रतिक्रिया दिनुहोस ।
Football कोपा ईटालिया
लोकप्रिय छुटाउनुभयो कि ?