Logo

वेष्ट ईण्डिजका ३ क्रिकेटरमा कोरोना सक्रमण

न्युजडेस्क
२०७७ जेठ २२ , बिहीबार ०९:०६ मा प्रकाशित

एजेन्सी । ईङल्याण्ड भ्रमणको तयारीमा रहेको वेष्ट ईण्डिजका ३ क्रिकेटरमा कोरोना सक्रमण देखीएको छ । प्रशिक्षण सुरु गर्नुअघि गरिएको परिक्षणमा तीन जनामा सक्रमण पुष्टि भएको हो । वेष्ट ईण्डिज क्रिकेट बोर्डले खेलाडीको नाम समेत सार्बजनिक गरेको छ । टोलीका ब्याट्सम्यानहरु सिमरोन हेटमेर र डरेन ब्राभो तथा अलराउण्डर केमो पउलमा सक्रमण देखीएको बोर्डले जनाएको छ । उनीहरु टोलीको २५ जनाको सुचीमा अटाउदै प्रशिक्षणमा थिए । ईङल्याण्ड जानु एक साता अघि सक्रमण देखीएको हो । क्यारेबियन टोली जुन ९ मा लण्डन जाने तालिका छ । क्यारेबियन टोली लण्डन पुग्नासाथ १४ दिन क्वारेन्टीनमा बसेरमात्र प्रशिक्षणमा जुट्ने छ । जुलाई ८ बाट उसले घरेलु टोली ईङल्याण्डसंग ३ टेष्टको सिरिज खेल्ने यसअघि नै तय भईसको छ ।

तपाइको प्रतिक्रिया दिनुहोस ।
कोरोना
लोकप्रिय छुटाउनुभयो कि ?