Logo

बुण्डेश लिगामा फ्रान्कफर्टको सहज जित

न्युजडेस्क
२०७७ जेठ २२ , बिहीबार ०९:०६ मा प्रकाशित

एजेन्सी । जर्मन बुन्डेसलिगा फुटबलको पछिल्लो खेलमा फ्रान्कफर्ट विजयी भएको छ । वेर्डर ब्रेमेनलाई ३–० ले हराउदै फ्रान्कफर्ट तालिकाको ११ औ स्थानमा उक्लिएको हो । वेर्डरको मैदानमा फ्रान्कफर्टलाई जिताउन स्टेफन ईल्शकरले २ तथा आन्द्र सिल्भाले एक गोल गरे । पहिलो हाफ गोलरहित बराबरीमा सकिएको खेलमा सबै गोल खेलको दोस्रो हाफमा भएको थियो ।
जितसंगै २९ खेलबाट फ्रान्कफर्टको ३५ अंक भएको छ । २५ अंक जोडेको वेर्डर भने तालिकाको पुछारमा छ ।

तपाइको प्रतिक्रिया दिनुहोस ।
Football बुण्डेश लिगा
लोकप्रिय छुटाउनुभयो कि ?