Logo

थप १६ जनामा कोरोना संक्रमण, संक्रमितको संख्या २३ सय १६ पुग्यो

न्युजडेस्क
२०७७ जेठ २२ , बिहीबार ०९:०६ मा प्रकाशित

नेपालमा थप १६ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ। नयाँ संक्रमित गण्डकी प्रदेशमा भेटिएका हुन् ।गण्डकी स्वास्थ्य विज्ञान प्रतिष्ठान, पोखरामा गरिएको परीक्षणमा नयाँ संक्रमण पुष्टि भएको हो। प्रतिष्ठानकाअनुसार थपिएका व्यक्तिहरु बागलुङ, स्याङ्जा, म्याग्दी र पर्वत जिल्लाका हुन्।१६ जनामध्ये बागलुङमा १०, स्याङ्जामा १, म्याग्दीमा १ र पर्वतमा ४ जना छन्। गण्डकी प्रदेशमा मात्रै संक्रमितको संख्या ५४ पुगेको छ । योसंगै नेपालमा संक्रमितको संख्या २३ सय १६ पुगेको छ ।

तपाइको प्रतिक्रिया दिनुहोस ।
कोरोना
लोकप्रिय छुटाउनुभयो कि ?