Logo

टोटनह्यामका एकजनामा कोरोना भाइरसको संक्रमण पुष्टि

न्युजडेस्क
२०७७ जेठ २२ , बिहीबार ०९:०६ मा प्रकाशित

इंग्लिस प्रिमियर लिग फुटबल क्लब टोटनह्यामका एकजनामा कोरोना भाइरसको संक्रमण देखिएको छ।पछिल्लो पटक भएको परीक्षणमा एकजनामा कोरोना भाइरसको रिपोर्ट पोजेटिभ आएको क्लबले जनाएको छ ।संक्रमण देखिएका व्यक्तिलाई हाल सात दिने आइसोलेशनमा राखिएको छ । टोटनह्यामले आफ्नो वेबसाइटमा वक्तव्य जारी गरी गोपनीयताका कारण संक्रमित व्यक्तिको नाम भने सार्वजनिक नगरिने जनाएको छ ।पछिल्लो चरणमा गरिएको ११ सय ९७ खेलाडी तथा पदाधिकारीले परीक्षणमा एकजनामा मात्रै संक्रमण देखिएको हो ।प्रिमियर लिग क्लबमा अहिलेसम्म पाँच चरणको परीक्षण भएको छ, कुल ५ हजार ७९ परीक्षण भएकोमा १३ जनामा संक्रमण देखिएको हो ।प्रिमियर लिगका खेलाडी तथा पदाधिकारीको हाल हप्ताको दुई पटक परीक्षण हुँदै आएको छ । लिगको खेलहरु जुन १७ देखि पुनः सुरु हुँदै छन् ।

तपाइको प्रतिक्रिया दिनुहोस ।
Football कोरोना
लोकप्रिय छुटाउनुभयो कि ?