Logo

भारतीय क्रिकेट टोलीले अगष्ट सेप्टेम्बरमा मात्र प्रशिक्षण सुरु गर्ने

न्युजडेस्क
२०७७ जेठ २१ , बुधबार १०:०६ मा प्रकाशित

एजेन्सी । कोरोना माहामारीका कारण खेलकुद गतिबिधि ठप्प रहेको भारतमा तत्काल प्रशिक्षणको संभावना नरहेको भारतीय क्रिकेट कन्ट्रोल बोर्ड बिसीसीआईले जनाएको छ । मार्च २५ बाट रोकिएका गतिबिधि सुरु गर्ने÷नगर्ने अन्यौलताका बिच बिसीसीआईले क्रिकेट टोलीको प्रशिक्षण अगष्ट सेप्टेम्बरयता संभव नहुने स्पष्ट पारेको हो । आसन्न बैदेशीक भ्रमणका लागि भारतीय टोलीलाई तत्काल प्रशिक्षणमा राख्ने अनुमानका बिच बिसीसीआईको निर्णय सार्बजनिक भएको छ ।
यो निर्णयसंगै भारतीय टोलीको श्रीलंका भ्रमण अन्यौलमा परेको छ । बिसीसीआईले आगामी परिस्थिती मुल्याङकन गरी क्याम्पको मिती निर्धारण गर्ने जनाएको छ । माहामारी पछि ईङल्याण्ड, वेष्ट ईण्डिज र श्रीलंकन क्रिकेट टोली भने प्रशिक्षणमा फर्किसकेका छन् ।

तपाइको प्रतिक्रिया दिनुहोस ।
बिसीसीआई
लोकप्रिय छुटाउनुभयो कि ?