Logo

प्रिमियर लिग क्लबहरुलाई मैत्रीपूर्ण खेलको अनुमति

न्युजडेस्क
२०७७ जेठ २१ , बुधबार ०८:०६ मा प्रकाशित

इंग्लिस प्रिमियर लिग फुटबल क्लबहरुले अब मैत्रीपूर्ण खेलहरु खेल्न पाउने भएका छन् । प्रिमियर लिगले क्लबहरुलाई जुन १७ पूर्व मैत्रीपूर्ण खेल खेल्नका लागि अनुमति दिएको हो ।कोरोना भाइरसको महामारीका कारण रोकिएको लिगको यो सिजनका खेलहरु जुन १७ देखि सुरु हुँदैछन्।लामो समयदेखि खेल नभएकाले अभ्यासका लागि मैत्रीपूर्ण खेलको अनुमति दिइएको हो । टेलिग्राफमा प्रकाशित समाचार अनुसार लिगको तयारीका लागि क्लबहरुले मैत्रीपूर्ण खेलको अनुमति मागेका थिए ।

तपाइको प्रतिक्रिया दिनुहोस ।
प्रिमियर लिग
लोकप्रिय छुटाउनुभयो कि ?