Logo

लिभरपुलका खेलाडीद्धारा फ्लोड हत्याको विरोध

न्युजडेस्क
२०७७ जेठ २० , मंगलबार १०:०६ मा प्रकाशित

एजेन्सी । लिभरपुलका खेलाडीले अमेरिकामा निर्मम ढङगले हत्या गरिएका अफ्रिकी मुलका नागरिक जर्ज फ्लोडको हत्याको निन्दा गरेका छन् । लिभरपुलका खेलाडीले प्रशिक्षण मैदानबाटै रंगभेदविरुद्ध आवाज उठाएका हुन । हिजो प्रशिक्षणका क्रममा लिभरपुलका खेलाडीहरूले फ्लोडले न्याय पाउनुपर्ने माग समेत गरे ।
एनफिल्डको मध्ये भागमा गोलो घेरा बनाएर घुँडा टेकेर उनीहरूले विरोध जनाएका हुन् । यसअघि जर्मन बुन्डेसलिगाका खेलाडीहरूले पनि सो घटनाको विरोध जनाएका थिए । अमेरिकास्थित मिनियापोलिसको सडकमा पुलिसले क्रुरतापूर्वक घुँडाले घाँटी थिचेर जर्ज फ्लोडको हत्या गरिएको भिडियो सार्बजनिक भएपछि संसारभर त्यसको बिरोध भईरहेको छ ।
भिडियो सामाजिक सञ्जालमा आएपछि अमेरिकामा रङ्गभेद अझै रहेको र यसको अन्त्य गर्नुपर्ने माग राख्दै विरोध प्रदर्शनी सुरु गरिएको थियो । रङ्गभेदविरुद्ध, मृतक जर्ज फ्लोडको समर्थन र अमेरिकी पुलिसको क्रुरताविरुद्ध अमेरिकाभरि नै प्रर्दशन भईरहेको छ । स्थिती असामान्य भएपछि अमेरिकाका केहि राज्यमा कफ्र्यु आदेश जारी गरिएको छ ।

तपाइको प्रतिक्रिया दिनुहोस ।
लिभरपुल
लोकप्रिय छुटाउनुभयो कि ?