Logo

आरबी लिप्जिङ बुण्डेश लिगाको तेस्रो स्थानमा

न्युजडेस्क
२०७७ जेठ २० , मंगलबार १०:०६ मा प्रकाशित

एजेन्सी । आरबी लिप्जिङ बुण्डेश लिगा फुटबलको तेस्रो स्थानमा उक्लिएको छ । पछिल्लो खेलमा क्लोनलाई ४–२ ले हराउदै लिप्जिङ शीर्ष तीनमा अटाएको हो । सुरुवाती अग्रता बनाएपनि क्लोनले दोस्रो हाफमा संयमता गुमाउदा हार भोग्न बाध्य भयो । सातौ मिनेटमा जोन कार्डोवाले गोल गर्दै घरेलु टोली क्लोनलाई अग्रता दिलाएका थिए । २० औ मिनेटमा प्याट्रिक स्किकले गोल गर्दै लिप्जिङलाई बराबरीमा पुर्याएका थिए ।
क्रिस्टोफर नेकुन्कुले ३८ औं मिनेटमा गोल गर्दा लिप्जिङ २–१ को अग्रता बनाउन सफल बन्यो । दोस्रो हाफको ८ मिनेटको अन्तरमा ३ गोल संभव भएपनि खेलमा लिप्जिङ विजयी भएको हो । सिजनमा २५ औ गोल गर्ने क्रममा टिमो वार्नरले खेलको ५० औ मिनेटमा गोल गर्दै लिप्जिङलाई ३–१ को स्थितीमा पुर्याए । ५५ औ मिनेटमा एन्थोनी मोडस्टेले घरेलु टोलीको अन्तर घटाएका थिए । त्यसको ३ मिनेट पछि ड्यानियल ओलमोले गोल गरेपछि लिप्जिङ विजयी बनेको हो ।
२९ खेलबाट लिप्जिङको ५८ अंक भएको छ । समान खेलबाट बोरुसिया डर्टमण्डको ६० अंक छ ।

तपाइको प्रतिक्रिया दिनुहोस ।
बुण्डेश लिगा
लोकप्रिय छुटाउनुभयो कि ?