Logo

ला–लिगाको पहिलो खेलमा रियल बेटिस र सेभिया भिड्ने,बार्साको खेल मायोरकासंग

न्युजडेस्क
२०७७ जेठ १९ , सोमबार ०९:०६ मा प्रकाशित

एजेन्सी । कोरोना माहामारीका कारण रोकिएको स्पेनी ला लिगा फुटबलका बाँकि खेलको तालिका तय भएको छ । जुन ११ बाट सुरु हुने ला लिगाको खेल तालिका स्पेनीस फुटबल महासंघले सार्बजनिक गरेको हो । माहामारी पछिको पहिलो खेलमा सेभिया र रियल वेटिस प्रतिस्पर्धा गर्नेछन् । त्यसको २ दिनपछि जुन १३ मा शीर्ष स्थानको बार्सिलोनाको भेट मायोरकासंग हुनेछ ।
सक्रमणपछिको पहिलो खेलमा रियल मड्रिडले आईबरको सामना गर्नेछ । यो खेल जुन १४ का लागि तय गरिएको छ । यस्तै, बार्सिलोनाले जुन १६ मा लेगानेससंग प्रतिस्पर्धा गर्नेछ । रियलले दोस्रो खेलमा जुन १८ मा भ्यालेन्सीयाको सामना गर्नेछ ।
ला लिगाले रोकिएको लिगका २ चरणका खेलको तालिका सार्बजनिक गरेको हो । उपाधिका लागि कडा प्रतिस्पर्धा रहेको ला लिगामा बार्सिलोना,रियल मड्रिडभन्दा २ अंकले अघि छ ।
ला लिगा प्रमुख जाभियर ताबेसले जुलाई १९ भित्रमा लिगका सबै खेल सकिने बताएका छन् । सोहि अनुरुप लिगका बाँकि खेल तालिका तय गरिने उनको भनाई छ ।

तपाइको प्रतिक्रिया दिनुहोस ।
ला–लिगा
लोकप्रिय छुटाउनुभयो कि ?