Logo

एन्फाभित्र विवाद बढ्दो, कार्यसमिती बैठकद्धारा थापाको कारबाहि अनुमोदन

न्युजडेस्क
२०७७ जेठ १९ , सोमबार ०७:०६ मा प्रकाशित

अखिल नेपाल फुटबल संघ एन्फा फेरी आन्तरिक विवादमा फसेको छ । ४ जिल्ला अध्यक्षले केन्द्रिय अध्यक्ष कर्माछिरिङ शेर्पालाई कारबाहिको माग गर्दै निवेदन दर्ता गरेकै दिन एन्फा कार्य समिती बैठकले ललितपुर जिल्ला अध्यक्षमाथीको कारबाहि अनुमोदन गरेको हो ।
आज बसेको एन्फा कार्यसमितीको बैठकले संस्था र पदाधिकारीबिरुद्ध अपशब्द बोलेको भन्दै थापामाथीको कारबाहि अनुमोदन गर्दै अनुशासन समितीमा पठाएको हो ।
कार्यसमिती बैठक बस्दै गर्दा काठमाण्डौ, भक्तपुर, ललितपुर र धादिङ जिल्ला फुटबल संघका अध्यक्षले शेर्पाबिरुद्ध कारबाहिको माग गर्दै प्रधानमन्त्री कार्यालय र युवा तथा खेलकुद मन्त्रालयमा निवेदन दिएका थिए ।
एन्फा नेतृत्वको कार्यशैलीलाई लिएर असन्तुष्टि बढ्दै जाँदा बिकसित पछिल्ला घटनाक्रमले एन्फाभित्रको गुटगत दाउपेच पनि सतहमा आएको हो ।

तपाइको प्रतिक्रिया दिनुहोस ।
एन्फा
लोकप्रिय छुटाउनुभयो कि ?