Logo

शीर्ष स्थानमा वार्यनलाई १० अंकको अग्रता

न्युजडेस्क
२०७७ जेठ १८ , आईतबार ०८:०५ मा प्रकाशित

एजेन्सी । जर्मन बुण्डेश लिगा फुटबलमा लिग लिडर वार्यन म्युनिखले उपाधि यात्रा बलियो बनाएको छ । २९ औ चरणको खेलमा गएराती डुसेलडर्फलाई ५–० ले हराउदै वार्यनले शीर्ष स्थानमा १० अंकको अग्रता बनाएको हो । २९ खेलबाट वार्यनको ६७ अंक भएको छ । दोस्रो स्थानको बोरुसिया डर्टमण्डको ५७ अंक छ । घरेलु मैदानमा वार्यनलाई फराकिलो जित दिलाउन रोर्बट लेवान्डोस्कीले २ तथा बेन्जामिन पाभार्ड र अल्फान्सो डाभिसले एक एक गोल गरे ।

अर्को गोल उसले उपहार स्वरुप प्राप्त गरेको थियो । खेलको १५ औ मिनेटमा उपहार गोलबाट अग्रता बनाएको वार्यन म्युनिखले २९ औ मिनेटमा अग्रता दोब्बर पारेको थियो । पाभार्डले टोलीलाई २–० को अवस्थामा पुर्याए । ४३ औ मिनेटमा लेभान्डोस्कीले गोल गर्दै पहिलो हाफमै टोलीलाई ३–० ले अघि बढाएका थिए । उनैले ५० औ मिनेटमा व्यक्तिगत दोस्रो गोल गर्दा टोली बलियो अवस्थामा पुगेको थियो । त्यसको २ मिनेटपछि युवा खेलाडी डाभिसले गोल गर्दै टोलीलाई ५–० को शानदार जित दिलाए । गएराती नै हाफिनह्याम, वार्डर ब्रेमेन, हेर्था बर्लिन र फ्रयाङफर्ट विजयी भएका छन् ।

तपाइको प्रतिक्रिया दिनुहोस ।
बुण्डेश लिगा
लोकप्रिय छुटाउनुभयो कि ?