Logo

च्याम्पियनसीपका १० खेलाडीमा कोरोना सक्रमण

कैलाश
२०७७ जेठ १८ , आईतबार ०४:०५ मा प्रकाशित

एजेन्सी । ईङलिस च्याम्पियनसीप क्लबका १० खेलाडी तथा कर्मचारीमा कोरोना सक्रमण पुष्टि भएको छ । च्याम्पियनसीपका बिभिन्न ८ क्लबका खेलाडी तथा कर्मचारीमा सक्रमण देखीएको हो । ईङलिस फुटबल लिगका अनुसार सक्रमित मध्ये अधिकांश खेलाडी छन् । १ हजार ५८ व्यक्तिमा गरिएको परिक्षणबाट १० जनामा सक्रमण देखीएको ईएफएलले जनाएको छ । बिहिबार र शुक्रबार गरिएको परिक्षणमा सक्रमण देखीएका सबैलाई आईसोलेशनमा राखीएको छ ।
कोरोना सक्रमणका कारण गत मार्चबाट रोकिएको च्याम्पियनसीपका खेलहरु अर्को महिनाबाट सुरु गर्ने तयारी गरिएको छ । त्यसअघि आन्तरिक प्रशिक्षणमा जान खेलाडीको स्वास्थ्य परिक्षण गरिएको हो ।
यसअघि यसै साता प्रिमियर लिगका १२ खेलाडीमा कोरोना सक्रमण पुष्टि भएको थियो । बेलायत सरकारले भोलीबाट खेलकुद गतिबिधि सञ्चालन गर्न अनुमती दिएसंगै क्लबहरु मैदान फर्कने अनितम गृहकार्यमा छन् ।

तपाइको प्रतिक्रिया दिनुहोस ।
कोरोना
लोकप्रिय छुटाउनुभयो कि ?