Logo

बुण्डेश लिगा फुटबलमा हेर्था बर्लिन र फ्रयाङकफुर्ट विजयी, साल्के पराजित

कैलाश
२०७७ जेठ १७ , शनिबार ०९:०५ मा प्रकाशित

एजेन्सी । जर्मन बुण्डेश लिगा फुटबलको पछिल्ला खेलमा हेर्था बर्लिन, फ्रयाङकफ्रुट र होफिन ह्याम विजयी भएका छन् । साल्के भने भेरडाआ ब्रेम्रेनसंग पराजित भएको छ । अक्सवर्गलाई २–० ले हराउदै हेर्था बर्लिन तालिकाको नवौ स्थानमा उक्लिएको छ । दिलरोसुन र पियाटेकले गोल गर्दै टोलीलाई महत्वपुर्ण अंक दिलाएका हुन् । २९ खेलबाट ३८ अंक जोडेको हेर्थाले साल्केलाई १ अंकले पछि पारेको हो ।
आजै भएको खेलमा साल्के भरेडाआ ब्रेमेनसंग १–० ले स्तब्ध भयो । ३२ औ मिनेटमा बिट्टेन कोउर्टले गरेको गोल ब्रेमेनको जितमा निर्णायक बन्यो । जितका बाबजुत पनि ब्रेमेन रेलिगशेन जोनमा यथावत छ ।
होफिन ह्यामले माईन्जलाई १–० ले हराउदा वुल्फवर्गबिरुद्ध फ्रयाङफुर्ट २–१ ले विजयी बन्यो । जितका बाबजुत होफिन ह्याम ४२ अंकमा तालिकाको सातौ स्थानमा यथावत छ । फ्रयाङफुर्ट भने ३२ अंकमा तालिकाका १२ औ स्थानमा उक्लिएको छ ।
आजै शीर्ष स्थानको वार्यन म्युनिखले डुसेलडर्फको सामाना गर्नेछ ।

तपाइको प्रतिक्रिया दिनुहोस ।
बुण्डेश लिगा
लोकप्रिय छुटाउनुभयो कि ?