Logo

बुण्डेश लिगामा आज लिग लिडर वार्यनलाई डुसेलडर्फको चुनौती

न्युजडेस्क
२०७७ जेठ १७ , शनिबार ०६:०५ मा प्रकाशित

एजेन्सी । जर्मन बुन्डेसलिगा फुटबलमा आज विभिन्न पाँच खेल हुँदैछ । २९ औ चरणका खेलमा लिग लिडर वार्यन म्युनिखले डुसेलडर्फको सामना गर्नेछ । वार्यनको घरेलु मैदानमा हुने खेल नेपाली समयानुसार राती साढे १० बजे सुरु हुनेछ । आजको खेलमा पनि जित निकाल्दै वार्यन शीर्ष स्थानमा फराकिलो अग्रता बनाउदै उपाधि होड बलियो बनाउन चाहान्छ । २८ खेलबाट वार्यनको ६४ अंक छ । दोस्रो स्थानको बोरुसिया डर्टमण्डको ५७ अंक छ । आज जित हात पारे डर्टमण्डसंगको दुरी १० मा पुग्नेछ । वार्यनको हारले डर्टमण्डसहित पछिका टोलीलाई राहात मिल्नेछ ।
यस्तै आजै साल्केले भेरडाआ ब्रेमेन, होफेनह्यामले माइन्ज तथा हेर्था बर्लिनले अग्सबर्गको सामना गर्नेछ । फ्रान्कफुर्ट र उल्फवर्गपनि आजै आमनेसामने हुनेछन् । यी चारै खेल नेपाली समयानुसार राती साढे ८ बजे सुरु हुनेछन् । यसअघि गएराती भएको खेलमा वायर लिभरकुशेनले फ्रिवर्गलाई १–० ले हराएको थियो । यो जितले लिभरकुशेनलाई तालिकाको तेस्रो स्थानमा पुर्याएको छ ।

तपाइको प्रतिक्रिया दिनुहोस ।
बुण्डेश लिगा
लोकप्रिय छुटाउनुभयो कि ?