Logo

स्पेनीस ला लिगा जुन ११ बाट सुरु हुने

कैलाश
२०७७ जेठ १६ , शुक्रबार ११:०५ मा प्रकाशित

एजेन्सी । कोरोना भाइरस महामारीका कारण स्थगित स्पेनिस ला लिगा फुटबल जुन ११ बाट सुचारु हुने भएको छ । ला लिगाका अध्यक्ष जाभियर टेबासले लिग ११ जुनबाट सुचारू हुने पुष्टि गरेको स्पेनिस मिडिया मार्काले उल्लेख गरेको छ । प्रधानमन्त्री पेड्रो सान्चेजले जुन ८ बाट लिग सुचारु गराउन अनुमती दिएपनि ला लिगाले भने त्यसको ३ दिनपछिबाट मात्र लिग सञ्चालन गर्ने निर्णय गरेको हो । कोरोना माहामारीका कारण स्पेनको शीर्ष डिभिजन मार्च २३ बाट स्थगीत भएको थियो ।
लिग सुचारु हुने संभावना बढेसंगै टोलीहरु आन्तरिक प्रशिक्षणमा जुटिसकेका छन् । ला लिगामा बार्सिलोना शीर्ष स्थानमा छ । ऊ दोस्रो स्थानमा रहेको रियलभन्दा २ अंकले अगाडि रहेको छ ।

तपाइको प्रतिक्रिया दिनुहोस ।
ला लिगा
लोकप्रिय छुटाउनुभयो कि ?