Logo

विश्व चर्चित बोष्टन म्याराथन रद्द

न्युजडेस्क
२०७७ जेठ १६ , शुक्रबार ११:०५ मा प्रकाशित

एजेन्सी । विश्व चर्चित बोष्टन म्याराथन रद्द भएको छ । गत अप्रिल १९ मा हुने भनिएको प्रतियोगीता कोरोना सक्रमणका कारण आगामी सेप्टेम्बरका लागि सारिएको थियो । दोस्रो पटक सारिएको मितीमा पनि प्रतियोगीता हुन नसक्ने जनाउदै आयोजकले प्रतियोगीता यो बर्ष नगर्ने जनाएको हो । कोरोना माहामारीका कारण प्रतियोगीताको तयारीसंगै सहभागीको स्वास्थ्य अवस्थालाई ध्यानमा राखी प्रतियोगीता रद्द गरिएको आयोजकले बिज्ञप्ती जारी गरि जनाएको हो । १ सय २४ बर्षको ईतिहासमा यो प्रतियोगीता रद्द भएको यो पहिलो पटक हो ।
सने १८९७ बाट बोष्टन म्याराथन हरेक बर्ष आयोजना हुदै आएको थियो । बोष्टन म्याराथनमा विश्वका ३० हजार बढि धावक सहभागी हुदै आएका छन् ।

तपाइको प्रतिक्रिया दिनुहोस ।
कोरोना
लोकप्रिय छुटाउनुभयो कि ?