Logo

रोट्र्याक्ट क्लब अफ धरान घोपा को नयाँ कार्यसमिति गठन

न्युजडेस्क
२०७७ जेठ १६ , शुक्रबार ०७:०५ मा प्रकाशित

रोट्र्याक्ट क्लब अफ धरान घोपाले आफ्नो बर्षीय इतिहास कै पहिलो पटक रोट्र्याक्टर रस्मिता सुनुवार को अध्यक्षतामा (रोटा यीअर २०२० -२०२१) को लागि ३१ जनाको नया कार्यसमिति अनलाइन गठन गरेको छ । यो बर्ष कोरोनाको बिश्वब्यापी माहामारी बिच समाजिक दुरि कायम गर्दै भिडियो कन्फ्रेन्स मार्फत साधारणसभा सम्पन्न भएको थियो ।

निर्वाचित अध्यक्ष तर्फ रोट्र्याक्टर रिवाज अधिकारी निर्वाचित भएका छन भने उपाध्यक्ष तर्फ रोट्र्याक्टर मोहम्मद अफ्रोज, रोट्र्याक्टर सौरव वाग्ले र रोट्र्याक्टर रिवाज अधिकारी चयन भएका छन त्यस्तै सचिब तर्फ रोट्र्याक्टर सुरज शाह, सह सचिब रोट्र्याक्टर कृष्ण कुमार दास,कोषाध्यक्ष रोट्र्याक्टर तिला शर्मा भने, सह कोषाध्यक्ष रोट्र्याक्टर आलोक शाहका साथै अन्य २२ जाना कार्यसमितिमा चयन भएका छन ।

बि पि कोइराला स्वास्थ्य बिज्ञान प्रतिश्ठानमा अध्यनरत एम बि बि एस , बि डी एस ,बि एस सी नर्सिङ्गका बिद्यार्थी उक्त कार्यसमितिमा छन् ।यो क्लब डिस्ट्रिकट ३२९२ कै ठुलो र सक्रिय क्लब मध्यमा पर्छ ।यस क्लबले विभिन्न क्षेत्रमा थुप्रै समाजिक कार्य गर्दै आएको छ र अगामी दिनहरुमा पनि यसैगरी समाजिक कार्य गर्ने नव निर्वाचित पब्लिक रिलेसन अफिसर रोट्र्याक्टर रुचि आचार्य र रोट्र्याक्टर शुसान्त थापा ले सोच खबर लाइ जानकारी दिए ।

तपाइको प्रतिक्रिया दिनुहोस ।
लोकप्रिय छुटाउनुभयो कि ?