Logo

प्रिमियर लिग जुन १७ बाट सुरु हुने, पहिलो दिन आर्सनल र म्यान सिटि भिड्ने

कैलाश
२०७७ जेठ १६ , शुक्रबार ०७:०५ मा प्रकाशित

एजेन्सी । ईङलिश प्रिमियर लिग फुटबल जुन १७ बाट सुचारु हुने भएको छ । कोरोना माहामारीका कारण मार्च १३ बाट स्थगीत लिग जुन १७ बाट सुचारु हुने भएको हो । पहिलो दिन २९ औ चरणका २ खेल हुनेछन् । लिगमा पहिलो दिन एष्टन भिल्ला र सिफिल्ड युनाईटेड तथा म्यानचेष्टर सिटि र आर्सनल बिचको खेल तय गरिएको छ । ३० औ चरणका खेलहरु भने जुन १९ देखी २१ सम्म हुनेछन् । प्रिमियर लिग फुटबल सञ्चालन गर्न बसेको क्लब पदाधिकारीको बैठकले लिग सञ्चालनको मिती तय गरेको हो । लिगका बाकि सबै खेल बिना दर्शक खाली रंगशालामा हुनेछन् ।
लिग सञ्चालनको तयारी स्वरुप प्रिमियर लिगका सबै टोलीले नन कट्याक ट्रेनिङ जारी राखेका छन् । लिग सुचारु हुने निश्चित भएसंगै क्लबहरु कन्ट्याक प्रशिक्षणमा जुट्ने छन् । बेलायत सरकारले लिग सञ्चालनका लागी दिईएको मापदण्ड अनुसार आगामी खेलहरु गराउन क्लबहरुले सहमती जनाएसंगै लिग सञ्चालनको मिती तय भएको हो । लिगमा अब ९२ खेल हुन बा“कि छ ।
लिग सुरु हुनुअघि गरिएको खेलाडीहरुको परिक्षणमा १२ जनामा सक्रमण पुष्टि भएको छ । लिगमा आबद्ध खेलाडी र कर्मचारी गरी २ हजार ७ सय ५२ जनाको कोरोना परिक्षण समेत गरिसकिएको छ ।

तपाइको प्रतिक्रिया दिनुहोस ।
प्रिमियर लिग
लोकप्रिय छुटाउनुभयो कि ?