Logo

हामी-कविता

न्युजडेस्क
२०७७ जेठ १५ , बिहीबार ०८:०५ मा प्रकाशित

मनोज भट्टराई

एक बिउको उत्खनन हुन्छ
बीउ चार हातले रोपिन्छ
हेरचाह गरिन्छ
समय बित्छ
बीउ बिरुवामा बदलिन्छ
खुसी छाउछ दुई आत्माभित्र
छरिन्छ प्रसन्नता विचित्र

सबैभन्दा पवित्र ,
जोगिन्छ , जोगाइन्छ बिरुवा कैले हावाहुरीबाट
कहिले बर्खा अनि भेलबाट
साथ गुमाउँदैन विरुवाले, हुदैन एक्लो कैले
रमाउदै बडिदिन्छ, सप्रेर चिल्लो र अग्लो भइदिन्छ
हिजो भन्दा आज र आजभन्दा भोलि
“हात मलिलो हो या माटो ?” जिज्ञासा राख्दा,
हैन🔊 “आत्मा मलिलो ” भनिदिन्छ पातको सुस्केरा ।

बीउ बिरुवा भयो, बिरुवा बोट
बोटबाट जवान रुख हुँदै गर्दा , क्षमता बढ्दो हो सायद
त्यै भएर होला अचेल सानो तिनो हावा हुन्नरीमा…
दुई आत्माले आत्तिनु पर्दैन, यता उता टाढिनु पर्दैन…

एउटा बलियो आधार ,
एउटा बलियो र अटल साथ
चिनो भनुँ या उपहार, ल्याउछ सम्पन्नताको लहर
दुई जिन्दगीको साथ, दुईलाई एक
फेरि एकलाई दुई,तीन …..हुँदै जोड
चल्छ समय, अझ बलियो बन्छ अठोट ॥
सायद यै हो (मेरो) बहाना विहिन चाहना
आजको काल्पनिक सपना, भोलिको शाश्वत बिपना ।

उनले भनिन् , ” आइ एम उइथ यु फरएभर” ।
मन भरियो ❤

तपाइको प्रतिक्रिया दिनुहोस ।
लोकप्रिय छुटाउनुभयो कि ?