Logo

दर्शक बिना उपाधि उचाल्नु अनौठो हुनेछ : लिभरपुल कप्तान हेन्डर

न्युजडेस्क
२०७७ जेठ १५ , बिहीबार ०८:०५ मा प्रकाशित

एजेन्सी । ईङलिस प्रिमियर लिग फुटबलको उपाधि नजिक रहेको लिभरपुलका कप्तान जोर्डन हेन्डरले दर्शक बिना ट्रफी उठाउनु एकदमै अनौठो हुने बताएका छन् । लिगको उपाधिबाट मात्र २ जित टाढा रहेको लिभरपुलका कप्तान हेन्डरले यसपटक आफुहरु फरक अनुभवमा उपाधि उचाल्ने तयारीमा रहेको उल्लेख गरे । मार्च १३ बाट रोकिएको प्रिमियर लिग सुचारु गराउने तयारी भईरहेका बेला लिभरपुलका कप्तान हेन्डरको पछिल्लो भनाई सार्बजनिक भएको हो ।
बिबिसीसंगको कुराकानीमा उनले भने– कुनै ट्रफि जित्नुको मजा दर्शक रहेको अवस्थामा निक्कै प्रभावकारी हुन्छ । दर्शक बिना ट्रफि उचाल्नु सबैका लागि अनौठो हुनेछ ।
उनले सिजनको अन्त्यसम्म उच्चस्तरको प्रदर्शन कायम राख्नु आवश्यक रहेको र सकेसम्म राम्रो तरिकाले सिजन सकाउन चाहेको उल्लेख समेत गरेका छन् । उनले भनेका छन्– यसपटक फाईनलसम्म दर्शक आउने संभावना छैन, तर पनि हामी अझै राम्रो स्थानमा रहेर उपाधि जित्न चाहान्छौ ।
उनले दर्शक मैदानमा आउने परिस्थितीमा त्यसलाई शेयर गर्न आफ्नो टोली पछि नपर्ने उल्लेख गरेका छन् । प्रिमियर लिग स१चालनको तयारी बढ्दै जाँदा खेलाडीहरु सानो समूहमा प्रशिक्षणमा जुटेका छन् । हेन्डरसनले प्रशिक्षणबाटै आफुहरुले फरक हिसाबको अनुभव गरिरहेको बताएका छन् ।
प्रिमियर लिग सुचारु गराउने बिषयमा यसै साता निर्णायक छलफल गर्ने लिगको तयारी छ ।

तपाइको प्रतिक्रिया दिनुहोस ।
प्रिमियर लिग
लोकप्रिय छुटाउनुभयो कि ?